काठमाडौँ । शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब रुपैयाँ दायित्व बढ्ने भएको छ । सरकार र शिक्षकहरुबीच भएको ९ बुँदे सहमतिपत्र सार्वजनिक गर्दै शिक्षामन्त्री रघुजी पन्तले ८ अर्ब दायित्व बढ्ने जानकारी गराएका हुन् ।
यो रकम शिक्षकको सेवा सुविधामा खर्च हुने हो । शिक्षक र सरकारबीच भएको सहमति उनले बुधबार राति शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् ।
त्यस्तै, शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन् । अब शिक्षक–कर्मचारीको उपचार निजामती अस्पातलबाट छुट पाउने हुन् । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि मन्त्रिपरिषद्ले पारित गरेको छ ।
प्रतिकृया दिनुहोस्