काठमाडौँ । काठमाडौं महानगरपालिका भित्र सञ्चालित अंग्रेजी नामका १८ वटा बोर्डिङ स्कूलले नाम परिवर्तनका लागि निवेदन दिएका छन् ।महानगरले जारी गरेको सूचनाअनुसार नेपालीकरणका लागि निवेदन दिएका विद्यालयहरूले नयाँ नाम वेद श्रीदेखि कल्पवृक्षसम्म नाम राखेका छन् ।
यस्तै, दक्षता स्कूल, वितारा बालग्राम, मेघाश्री विद्यालय नाम कायम गरिदिन पनि आग्रह गरिएको छ ।महानगरपालिकाले संस्थागत विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भएमा निवेदन पेस गर्न आग्रह गरेको छ । शुक्रबार उक सूचना जारी गर्दै महानगरले महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयले नाम र स्थान परिवर्तनका लागि निवेदन दर्ता गराएकाले त्यसमा विरोध भएमा निवेदन पेस गर्न आग्रह गरेको हो ।
शैक्षिक संस्थाको नाम र स्थान परिवर्तनमा कुनै व्यक्ति वा संघसंस्थाको दाबी विरोध भएमा प्रमाणसहित ३५ दिनभित्र लिखित निवेदन पेस गर्न भनेको छ ।