काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजानिक गरेको हो।
साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ।
परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।
प्रतिकृया दिनुहोस्