सुर्खेत । शिक्षा पत्रकार समूहको कर्णाली प्रदेश समिति घोषणा गरिएको छ । कान्तिपुरका कर्णाली प्रदेश व्युरो प्रमुख कलेन्द्र सेजुवालको संयोजकत्वमा शनिबार ९ सदस्यीय समिति घोषणा गरिएको हो ।

समितिको सदस्यहरुमा विष्णु न्यौपाने (कालीकोट, अन्नपूर्णपोष्ट), मुना हमाल (सुर्खेत, उज्यालो एफएम र गोरखापत्र), डिबी बुढा (जुम्ला, नागरिक), राजन रावत (हुम्ला, गोरखापत्र), दीपकजंग शाही (सुर्खेत, सेतोपाटी), विशाल सुनार (दैलेख, एपीवान), परबिर ददेल (रुकुमपश्चिम, रेखदेख) र करिश्मा चौधरी (सुर्खेत, रेडियो नेपाल) रहेका छन् । शनिबार समूहको कर्णाली प्रदेश समन्वय समितिले जूम प्रविधिद्वारा आयोजना गरेको कार्यक्रममा समूहका अध्यक्ष तुला अधिकारीले कार्य समिति घोषणा गरेका थिए । सेजुवाललाई यसअघि नै समूहको कर्णाली प्रदेश संयोजक तोकिएको थियो । आज समितिलाई पूर्णता दिइएको अध्यक्ष अधिकारीले बताए ।

सो अवसरमा ‘कर्णाली प्रदेशमा विद्यालय सञ्चालनको अवस्था र संभवना’ विषयक संवाद कार्यक्रम पनि आयोजना भएको थियो । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको शिक्षामा थुप्रैखाले चुनौती रहेका र अहिले कोरोनाले थप चुनौती थपेको बताए । ‘अब हामीले यो चुनौतीलाई सामूहिक रुपमा लडेर परास्त गनुपर्नेछ,’ उनले भने, ‘यसको लागि प्रदेश सरकारले संघीय र स्थानीय सरकारस“ग समन्वय गरेर अघि बढ्नेछ ।’

सामाजिक विकासमन्त्री दल रावलले कोरोनाले पारेको प्रभाव र समग्र अवस्थाबारे अध्ययन गरी सही योजना बनाउन लागेको बताए । उनले कोरोनाको कारण बन्द भएका विद्यालय खोल्न वा बैकल्पिक माध्यमबाट अध्ययन सुरु गर्न पहल गरिरहेको पनि जानकारी दिए । कार्यक्रममा चन्दननाथ नगरपालिकाकी नगर प्रमुख कान्तिका सेजुवाल, दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारी, रास्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बराल, तीला गाउ“पालिकाकी उपाध्यक्ष विष्णु बुढा, शिक्षा विकास निर्देशक दीपा हमाल, दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपाल, सेभ द चिल्ड्रेनका शिक्षा संयोजक आत्माराम भट्टराई, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका शिक्षाशास्त्र संकायका उपप्राध्याक यदुप्रसाद ज्ञावलीसहितले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्