काठमाडौँ । विप्लव माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई कालोमोसो  दलेका छन् ।

बुधबार दिउँसो गौतमकै कार्यकक्षमा पुगेर क्रान्तिकारीका विद्यार्थीहरुले कालोमोसो दलेका हुन् । गौतमले शिक्षा क्षेत्रमा अनियमितता गरेको, आर्थिक घोटाला गरेको लगायतका आरोप लगाएर कालोमोसो दलिएको क्रान्तिकारीले जनाएको छ ।

विद्यार्थीले कार्यकक्षमै गएर अभद्र व्यवहार गर्नुका साथै कुर्सी तोडफोड गरेका थिए । चार जनाको समूहमा आएकाहरुले गौतमलार्इ हातपात र कालोमोसो दलेको थिए ।

कालोमोसो दल्ने क्रममा जिशिअ गौतमले प्रतिकार गर्न खोजेका थिए जसले गर्दा  केहि तनाव भएको थियो । सो क्रममा उनी सामान्य घाइतेसमेत भएका छन् ।कालोमोसो दलेलगत्तै माओवादी कार्यकर्ताहरु भागेका थिए । प्रहरीले कालोमोसो दल्नेहरुको खोजी तीव्र पारिएको  जनाएको छ ।

प्रतिकृया दिनुहोस्