काठमाडौं । शिक्षा, तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले अनुसन्धान सम्बन्धी सम्पूर्ण काम कारवाहीहरु रद्द गर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

आइतवार जारी सूचनामा ३ वटा विषय शिर्षकमा चालु आव भित्र सम्पन्न गर्नुपर्ने अनुसन्धानात्मक कार्य हाल विश्वव्यापी रुपमा देखापरेको कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिका कारण अगाडि बढाउन नसकिएकाले सो सम्बन्धी सम्पूर्ण प्रकृया केन्द्रको असार ४ गतेको निर्णय अनुसार रद्द गरिएको जनाइएको छ ।

हेर्नुहोस् केन्द्रको सूचना

अनुसन्धान सम्बन्धी सम्पूर्ण काम कारवाहीहरु रद्द गर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको आव २०७६–०७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार (क) विद्यालय तहको शिक्षाको प्रभावकारी सेवा प्रवाहका सन्दर्भमा संवैधानिक प्रावधान अनुसार तीन तहका सरकारको भूमिका र आपसी समन्वय संयन्त्र बारे अध्ययन (ख) परिवर्तित सन्दर्भमा विभिन्न तहमा शिक्षक विकास र शिक्षक सहायता संयन्त्रको परिचालन बारे अध्ययन र (ग) सामुदायिक विद्यालयको रुपान्तरण तथा गुणस्तर सुधारका सन्दर्भमा मापदण्ड विकास तथा स्थानीय अपनत्व र तदारुकतामा सुधार गर्ने रणनीतिहरु बारे अध्ययन सहित ३ वटा विषय शिर्षकमा चालु आव भित्र सम्पन्न गर्नुपर्ने अनुसन्धानात्मक कार्य हाल विश्वव्यापी रुपमा देखापरेको कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिका कारण अगाडि बढाउन नसकिएकाले सो सम्बन्धी सम्पूर्ण प्रकृया यस केन्द्रको मिति २०७७–०३–०४ गतेको निर्णय अनुसार रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

रामप्रसाद शर्मा
शाखा अधिकृत

प्रतिकृया दिनुहोस्