काठमाडौं। वाग्मती प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई प्रयोगशाला स्थापनार्थ अनुदान दिने भएकोे छ। सो कार्यका लागि मापदण्ड र सर्तहरुसमेत तोकेर प्रादेशिक शिक्षा विकास निर्देशनालयले १२ लाखदेखि १५ लाख रुपैयाँसम्म अनुदान दिने जनाएको हो।

निर्देशनालयका अनुसार सामुदायिक विद्यालयमा विज्ञान विषय र सूचना प्रविधि प्रयोगशाला स्थापनासम्बन्धी कार्यविधि २०७८ अनुसार छनोट भएका विद्यालयलाई रकम उपलब्ध गराइने छ। उक्त कार्यविधिअन्तर्गत सूचना प्रविधिका लागि रु १५ लाख तथा विज्ञान प्रयोगशालाका लागि रु १२ लाख अनुदान प्रदान गरिने भएको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख भएबमोजिम निर्देशनालयले कार्यविधि तयार गरी अनुदान दिनेछ। कार्यविधिमा प्रयोगशाला स्थापना गर्ने विद्यालय पहिचान गरी मापदण्ड निर्धारण गरी अनुदान दिने निर्देशनालयको ठहर छ।

नागरिकमा खबर छ।

प्रतिकृया दिनुहोस्