काठमाडौं। नेपाल शिक्षक महासंघको आन्दोलनमा प्रहरीले धरपकड गरेको छ। १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन टंगालमावि नक्सालमा भेला भएका शिक्षकहरुमाथि प्रहरीले धरपकड गरेको हो।

प्रहरीले विद्यालयभित्रै पसेर आन्दोलनको तयारीमा रहेका ६० बढी शिक्षकहरुलाई गिरफ्तार गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए। हाल आफुहरुलाई कमलपोखरी प्रहरी परिसरमा हिरासतमा राखिएको छ।

आन्दोलनको तयारी भइरहेका बेला शिक्षक महासंघका सह अध्यक्ष पूर्ण दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेललगायतका शिक्षक नेताहरुलाई प्रहरीले प्रकाउ गरेपछि बालुवाटारमा धर्ना दिने महासंघको पूर्वनिर्धारित कार्यक्रम विथोलिएको छ।

प्रतिकृया दिनुहोस्