विद्यालयलाई जग्गा दान

Avatar photo

Byएजुकेशन पाटी

६ पुष २०७८, मंगलवार

तेह्रथुम । आठराई गाउँपालिका ३ ह्वाकुको सरस्वती माध्यमिक विद्यालयलाई स्थानीय मोहनकुमार डाँगीले लाखौं मूल्यको जग्गा दान दिएका छन् । ह्वाकुमा जन्मिएर काठमाडौंमा बस्दै आएका डाँगीले आमाको नाममा १५ रोपनी ४ आना ३ पैसा जग्गा प्रदान गरेका हुन् ।

विद्यालयनजिकै रहेको जग्गा ११ लाख रुपैयाँमा खरिद गरी विद्यालयलाई प्रदान गरेको डाँगीले बताए । विद्यालयको ४७औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आफूले विद्यालयलाई जग्गा प्रदान गरेको डांगीले बताए ।

जग्गादाता डाँगीलाई विद्यालयको तर्फ जिल्ला समन्वय समिति प्रमुख शिवप्रसाद ढुंगानाले सम्मान गरे । प्राप्त जग्गामा स्रोतको व्यवस्थापन गरी नयाँ र आधुनिक भवन निर्माण गरिने प्रध्यानाध्यापक अकलबहादुर लिम्बुले बताए ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्