चितवन । भरतपुर महानगरपालिकाले एकवडा एक नमूना विद्यालय सञ्चालनमा ल्याउने भएको छ । बुधवार आर्थिकवर्ष २०७७–०७८को बजेट प्रस्तुत गर्दै उपप्रमुख पार्वती शाह ठकुरीले यस्तो कार्यक्रम घोषणा गरेकी हुन् ।

४ अर्ब १५ करोड ६४ लाख ८९ हजारको बजेत प्रस्तुत गर्दै उपप्रमुख शाहले शिक्षा क्षेत्रका लागि ८ करोड विनियोजन गरिएको जानकारी दिइन् ।

महानगरले प्रारम्भिक बालविकास केन्द्रका बालबालिकाहरुको समतामूलक पहुँच सुनिश्चित गर्ने उपप्रमुख शाहले बताइन् । यस्तै शिक्षामा भौतिक विकास कार्यक्रम, जस्तापाताको छाना भएका कक्षाकोठामा फल सिलिङ तथा विद्यालय कलर कोड कार्यान्वयन गरिने कार्यक्रम बजेटमा समेटिएका छन् ।

यस्तै, विद्यालयको रंगरोगन गर्ने र शैक्षिक गुणस्तर सुधार गर्ने कार्यक्रम पनि भरतपुर महानगरको बजेटमा समेटिएका छन् ।

प्रतिकृया दिनुहोस्