काठमाडौँ । नेपाल शिक्षक महासंघका पदाधिकारी र सरकारबीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा सुरु भएको वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ । हिजोको वार्तामा सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।

मंगलबार महासंघको विस्तारित पदाधिकारी बैठक बसेको थियो ।  विस्तारित पदाधिकारी बैठक सकिएपछि शिक्षक प्रतिनिधिहरू सिंहदरबार गएका हुन्।

महासंघको बैठकले आन्दोलन सँगसँगै सरकारसँग पूर्वसहमति कार्यान्वयनबारे स्पष्ट मार्गचित्रसहित निर्णायक वार्ता गर्ने सर्वसम्मत निर्णय गरेको थियो । शिक्षा मन्त्रालयले दिउँसो ३ बजे वार्तामा बोलाएको थियो। शिक्षकहरूको बैठक लम्बिँदा वार्ता ५ घण्टा ढिलो सुरू भएको हो।

प्रतिकृया दिनुहोस्