गोरखा । एक कक्षामा पढ्ने ४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा ६ कक्षामा पढ्ने १३ वर्षीय किशोर पक्राउ परेका छन् ।

गत मंगलबार विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए । सोही जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरी जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको उनले बताए ।

माघ २० गते अपराह्नतिर घटना घटेको खुल्नमा आएको प्रहरीले जनाएको छ । ‘घटनाबारे बालिकाले आमालाई भनिछन्, भोलिपल्ट एसेम्ब्लीमा यो केटा हो भनेर देखाएपछि किशोरलाई पक्राउ गरेका हौं,’ उनले भने ।

गोरखा अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्