#शिक्षामा सधैं छिर्के किन?**************** #शिक्षा मन्त्रालय कोरोना नियन्त्रण बाहिर पुगेको छैन SEE सकि हालौं चैत शुरुमै भन्छ; जस्केलाबाट अनिश्चित कालका लागि परीक्षा स्थगनको घोषणा आउँछ। ***************** #मन्त्रालय सार्वजनिक शिक्षाको सुदृढीकरण गरौं, निजीलाई निश्चित समय दिएर क्रमश: गैरनाफामुलक गूठीमा रुपान्तरण गरौं भन्छ, खै कताबाट हो सामुदायिक विद्यालय निजीलाई जिम्मा दिने घोषणा हुन्छ।*****************#विषयगत शिक्षक नहुँदा, गुणस्तर उठेन राष्ट्रिय रुपमा दरबन्दीको समन्यायिक पुनर्बितरण गर्छौ, नपुग दरबन्दी थप गरिदेउ भनी बिन्ती गर्छ; भएकै झिकेर बाँड एउटा थप हुन्न भन्छ। *****************#तीन आर्थिक वर्षदेखि लगातार शिक्षाको जग बसाल्ने बाल बिकासका सहजकर्ताको श्रमको न्युनतम मूल्य तोकि पाउन जाहेरी गर्छ, खै कस्ले हो अर्थतन्त्र धरासायी हुन्छ भन्छ।*****************#शिक्षकसङ्ग छलफल गरि तिमी राजनीति शास्त्र पढाउने मान्छे दलिय राजनीति छोडी कक्षा सुधारको जिम्मा तिमी लेउ, तिम्रा चासो र चिन्ता पूरा गर्ने कामको जिम्मा हामीलाई देउ भन्छ; कानून र कार्यक्रम प्रस्ताव गर्छ, कहिले टुप्पोमा पुगेर झर्छ, कहिले बिचैमा अड्कन्छ अनि कक्षा पस्न लागेको शिक्षक माइतीघर अनसन बस्छ।****************#जे होस् यति बेला सम्मानित संसदतिर सोझिएका सरोकारवालाका आशातित नजर ओइलाए भने अझै निराशा बढ्ला कि! ****************#सम्मानित र समर्पित शिक्षकले मात्र शिक्षामा साँच्चै सुधार ल्याउन सक्छन, बाँकी सबै त भजने न हौं। नत्र अब देखि “सार्वजनिक शिक्षाको सुधारका निम्ति विशेष पहल गरिने छ” भन्दै गरिने हाम्रा भाषण र चुनावी घोषणा पत्रका हरफले नराम्ररी खित्का छाड्नेछन। (ओछ्यान लगाई, दौरा आफैंसित)
-पौडेलको फेसबुकपोष्टबाट