काठमाडौं । एसईईपछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण बोर्डको चैत २५ गतेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि कक्षा १२ को परीक्षा बैशाख ८ र कक्षा ११ को परीक्षा बैशाख २१ ग्तेदेखि सञ्चालन हुने तय थियो ।

सरकारले चैत ५ गते चैत ६ गतेदेखि शुरु हुने एसईई परीक्षा स्थगित गरेको थियो । अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

२०७६ चैत्र २५ गते १३:५५मा प्रकाशित

प्रतिकृया दिनुहोस्