काठमाडौं । चन्द्रागिरि नगरपालिका–१३, पुरानो नैकाप स्थित कंकाली माध्यमिक विद्यालयले खाद्यान्न अभाव भोगेका १५० विद्यार्थीलाई १८० केजी चामल सहितको राहत प्याकेज वितरण गरेको छ ।

विद्यालयले लकडाउनको समयमा खाद्यान्न अभाव धोगेका विद्यार्थीको पत्येक परिवारलाई ८० केजी चामल, आलु, प्याज, नुहाउने–लुगाधुने साबुन, जिरा, बेसार, खुर्सानी, आटा, दालमोठ, नून, तेल, चिउरा, चिनी, चियापत्ती, दाल, चना, बोडीलगायतका खाद्य सामग्रीहरू वितरण गरेको हो ।

लकडाउनको समयमा रोजगारी गुमाएका विद्यार्थीका परिवारले खाद्यान्न अभाव भोगेको सुन्ने बित्तिकै विद्यालयले उनीहरुलाई राहत वितरण गर्ने तयारी गरेको प्रधानाध्यापक विष्णु प्रसाद पनेरुले जानकारी दिए ।

‘विद्यार्थी र अभिभावक भोकभोकै बसेको विद्यालयले टुलुटुलु हेरेर बस्न सकेन’– उनले भने, ‘विद्यार्थीको पेटको भोक शान्त पार्यौं अब सिकाइको भोक शान्त पार्छौं ।’

विद्यालयको ३८ औं वार्षिकोत्सवको अवसर पारेर  विद्यालयमा अध्ययनरत १५० जना ज्यादै न्यून आय भएका (मजदुरी गरी खाने) वर्गका विद्यार्थी तथा तिनका परिवारहरुलाई लक्षित गरी राहत सहयोग स्वरुप खाद्यान्न सामग्रीहरू वितरण गरेको प्रअ पनेरुले जमनकारी दिए ।

‘लकडाउनको समयमा विद्यार्थीको अवस्था के छ भनेर टेलिफोनमार्फत् जानकारी लिँदा चरम् खाद्यान्न अभाव भोगेको पायौं’– प्रअ पनेरुले भने, ‘लगत्तै राहत वितरण गर्नुपर्छ भनेर दाताको खोजी गर्न तिर लाग्यौं ।’

खाद्य सामग्री वितरणका लागि लक्जेम्वर्गस्थित नेपाल लक्जेम्वर्ग एशोसियशनका अध्यक्ष मेडम क्लउडाइन हेन्जेस्च(Madam Claudine Hengesch) तथा समाजसेवी मिस्टर आन्द्रे लिन्डेन(Mr. Andre Linden)को विशेष आर्थिक सहयोग रहेको प्रअ पनेरुले जानकारी दिए ।

खाद्य सामग्री वितरणमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको निर्णयअनुसार चन्द्राागिरि नगरपालिका तथा १३ नं वडा कार्यालयसँग समन्वय गरी संघीय सांसदहरु कृष्णगोपाल श्रेष्ठ, विणा श्रेष्ठ, बागमती प्रदेशका सांसद केशव प्रसाद पोखरेल, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर लिसा नकर्मी, वडा अध्यक्ष बालमुकुन्द विडारी, नगर प्रवक्ता हरिभक्त महर्जन, समाजसेवीहरु दामोदर गौतम र नन्दनहरि गौतम लगायतको उपस्थिति रहेको थियो ।

सबै अतिथिहरूले विद्यालयको प्रयास सह्रानीय भएको भनी धन्यवाद व्यक्त गर्दै स्थानीय जनसमुदायहरूलाई आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा भर्ना गराउन अपिल गरेका थिए ।

सामुदायिक भएपनि विद्यालयले विद्यार्थीका लागि दिवा खाजा, यातायात, आवासलगायतका विशेष सुविधासमेत व्यवस्था गर्दै आएको छ ।

२०७७ बैशाख ३० गते २१:१४मा प्रकाशित

प्रतिकृया दिनुहोस्