कोरोनाको समयमा मल्टिमिडियाको प्रयोग र अवसर

Avatar photo

Byएजुकेशन पाटी

२ भाद्र २०७७, मंगलवार
राजदेव यादव

कोभिड-१९(कोरोना भाइरस)को सङ्क्रमण दर बढी रहेको कारण अवरुद्ध रहेको सिकाइ प्रणाली सूचारु गर्न र विद्यालय, क्यामपस जाने उमेरका बालबालिकाहरुलाई विद्यालय तथा क्यामपसमा नियमित पठनपाठन नभएसम्म आ-आफ्नो स्थानीय पारिवारिक परिवेश अनूकुल सिक्ने वातावरण सिर्जना गर्न वैकल्पिक प्रणालीबाट शिक्षण सिकाइमा मल्टिमिडियाको अत्याधिक प्रयोग गरी गुणस्तरिय शिक्षा प्राप्त गर्नु महत्त्वपूर्ण अवसरको रुपमा रहेको छ।

अहिले दिन प्रतिदिन कोरोना भाइरसको सङ्क्रमण बढी रहेको समयमा विद्यालय बाहिर घरपरिवारको परिवेशमा रहेर पनि मल्टिमिडियाको अत्याधिक प्रयोग गरी विद्यार्थी मैत्री शिक्षण सिकाइ गर्न सिकारुको उतप्रेरणा जगाउन शिक्षक, सहजकर्ता र अभिभावकको अहम भूमिका रहेको छ। मल्टिमिडियाको प्रयोगले सिकाइलाई मनोरञ्जनात्मक र अन्तरक्रियात्मक बनाउँदछ।

मल्टिमिडिया अन्तरगत अक्षर, चित्र, अडियो, भिडियो र एनिमेसन लगायत आदि पर्दछन्। अपेक्षित व्यवहार तथा सकारात्मक गुणस्तरिय शैक्षिक उपलब्धी प्राप्त गर्नको लागि कोभिड-१९ सङ्क्रमण दर बढी रहेको भएपनि असीमित प्रविधिको विकासले शिक्षण सिकाइमा Paradigm Shiftको स्थिति सिर्जना गरेको छ। यही तथ्यलाई आत्मसाथ गरी उपलब्ध विभिन्न प्राविधिक उपकरणहरु द्वरा मल्टिमिडियाको प्रयोग गर्न जरुरी देखिन्छ। वर्तमान पाठ्यक्रम Competency based हुनुले विद्यार्थीहरुको सिकाइमा मल्टिमिडियाको विशाल महत्त्व प्रष्ट हुन्छ। कुनै पनि विषयको दृश्य रुप( video clips) प्रदान गर्यो भने विषयबोध सही यथार्थ र भरपर्दो हुन सक्छ।

प्रयोग
१ विद्यार्थीहरुको उमेर, क्षमता र तह अनुसार मल्टिमिडियाको प्रयोग गर्न सकिने।
२ मल्टिमिडियाको प्रयोगले विद्यार्थीहरुमा अरुचि, हल्ला, मौखिक वर्णन कम भई यथार्थ र वस्तुगतमा आधारित हुन्छ।
३ मल्टिमिडियाको प्रयोगले सिकाइ उपलब्धीपूर्ण, जीवन उपयोगी, सकारात्मक र स्थायीरुपमा विकास गर्न मद्दत गर्दछ।
४ एकहोरो सिकाइको एकाङ्गीपन( Monotony) हटाउनको लागि मल्टिमिडियाको प्रयोग उपयुक्त हुन्छ।
५ Video clips द्वरा हुने सिकाइको प्रभावकारिता बढी हुने कुरामा साधारण मनोविज्ञान रहने हुँदा यस्को प्रयोग उचित देखिन्छ।
६ सिकाइमा मल्टिमिडियाको प्रयोगले सूचनाको सही सम्प्रेषण र विद्यार्थीहरुको अलि बढी समयसम्म सिक्न रुची साख्दछ।
७ श्रब्य दृश्य( audio/ video) सिकाइ लामो समयसम्म रही रह्नछ।
८ Visual clipsले वा फोटोग्राफले वा चित्रले विषयप्रति रुची जगाउने भएकोले यसको उचित प्रयोग गर्नु पर्दछ।
९ आ-आफ्नो अभिभावकको क्षमताले भ्याए अनुसार मल्टिमिडिया अन्तरगत रहेको उपकरणहरु खरिद गरेर उपकरण प्रयोग सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गरी मात्र मल्टिमिडिया प्रयोग गर्नु पर्दछ।
१० आफूसँग मल्टिमिडिया अन्तरगत रहेको उपकरणहरु समयसमयमा सरसफाइ गरी सुरक्षित र सुखा ठाउँमा राख्नु पर्दछ।
११ बिग्रको वा मर्मत गर्नुपर्ने उपकरण भए सो उपकरण लिई स्वास्थ्यका मापदण्ड अपनाई भौतिक वा सामाजिक दुरीमा रही उपकरण मर्मत केन्द्रमा पुगि मर्मत गराउनु पर्ने।

अवसर
१ हात-हातमा मोबाईल, घर-घरमा इन्टरनेट र कम्पयूटर तथा गाउँ-गाउँसम्म मल्टिमिडियाको पहुँच र विस्तार बढ्दै गइरहको छ।
२ झन प्रतिस्पर्धी सेवा प्रदायकहरुको कारणले गर्दा हुने खानेको मात्र नभई हुँदा खाने (गरीब जनता)को पहुँचमा समेत पुगेको अवस्था छ।
३ मल्टिमिडियाको प्रयोगले गर्दा शिक्षण सिकाइमा सहज पहुँच, सिकाइको गुणस्तरमा बढोत्तरी हँदै गइरहेको छ।
४ मल्टिमिडियाको प्रयोगले शिक्षाको दायरा यसरी फराकिलो हुँदै गएको छ कि दुर्गम गाउँका, काममै बसेर पनि सिक्न र योग्यता बढाउन चाह्नेहरुको लागि पनि सिकाइ सम्भव बन्दै गइरहेको छ।
५ वैयक्तिक सिकाइ तथा स्वसिकाइलाई प्रबधन गर्न मद्दत गर्दछ।
६ शिक्षण सिकाइमा लचकता प्रदान गर्छ। जहाँसुकै र जहिले सुकै पनि सिक्ने दवसर प्रदान गर्छ।
७ विभिन्न प्रविधि उपकरणहरु( Technical devices) जस्तै mobile, television, computer, laptop, CD/DVD player, projector, social media लगायत आदि मल्टिमिडियाको प्रयोगले शिक्षण सिकाइ अन्तर क्रियात्मक तथा बालकेन्द्रित सिकाइ प्रक्रियामा सहयोग पुग्दछ।

निष्कर्ष
सिकाइ जस्तोसुकै समय काल परेपनि आजीवन चलिरह्ने प्रक्रिया हो। व्यवहारमा परिवर्तन हुनुनै सिकाइ हो। सिकारुको व्यक्तिक इच्छाशक्ति, रुचि र ग्रहणशिलता सिकाइ उपलब्धीका प्रबल आधार हुन्। सिकाइलाई आवश्यकतामूखी, जीवनोपयोगी बनाउन, विद्यार्थीमैत्री बनाउन, विभिन्न प्रकारका सूचनाहरु सही र यथार्थरुपमा प्रस्तुत गर्न, सिकाइप्रति रुचि जगाउन, ग्रहित सीप, ज्ञान लामो समयसम्म टिकाउनकालागि तथा विद्यार्थीहरुलाई प्रतीस्पर्धी बनाउनका लागि मल्टिमिडियाको प्रयोग अपरिहार्य देखिन्छ।

अहिले कोरोना भाइरसको सङ्क्रमित दर बढी रहेको समयमा पनि स्वास्थ्य तथा सरसफाइको सम्पूर्ण मापदण्ड अपनाई प्रविधिको पहुँचसँगै विद्यार्थीहरुले ज्ञान, सीप र अभिवृत्तिको विकास गर्न सही सुचना र नयाँ-नयाँ खोज तथा अनुसन्धानमा तत्पर रह्नु आवश्यक छ। सिकाइमा भएको paradigm shiftले ल्याएको सूचना प्रविधिको प्रयोग गर्नु पर्दछ। प्रविधिहरु जस्तैः मोबाइल, प्रोजेक्टर, कम्पयूटर, फोटो र शिक्षकको Narration द्वारा मल्टिमिडियाको प्रयोग जतिसक्दो गर्न सके सिकाइ प्रभावकारी बन्छ। यसरी सिकाइमा मल्टिमिडियाको अत्याधिक प्रयोग ल्याएमा सिकाइमा स्थायीत्व बढ्न गई Competency based curriculumले चाहे जस्तो Competent सिकारुको आशा गर्न सकिन्छ।

यादव शिक्षा विकास तथा समन्वय इकाई, धनुषामा शाखा अधिकृत छन् ।

प्रतिकृया दिनुहोस्