बुटवल । बिना तयारी परीक्षा लिन लागेको भन्दै रुपन्देहीका विद्यार्थीले प्रदर्शन गरेका छन् । तयारी बिना नै परीक्षा लिन लागेको भन्दै कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको समूह रुपन्देही विद्यार्थी संघले प्रदर्शन गरेको हो ।

बुटवलको पुष्पलाल पार्कबाट निस्केको विरोध र्‍याली बजार परिक्रमा गर्दै राजमार्ग चौराहमा आएको थियो । विद्यार्थीहरुले परीक्षासँग डराएको होइन तर कोरोनाको भयले परीक्षा दिने अवस्था छैन, दुर्गमका विद्यार्थीलाई हेरेर निर्णय गरौं, शिक्षामा बेवास्ता नगरौं, परीक्षालाई मजाक नबनाऔंजस्ता नारा लेखिएका प्लेकार्ड छोपेका थिए ।

राजमार्ग चौराहमा कोणसभा गर्दै विद्यार्थी संयोजक मन्दिल खनालले कोरोना र लकडाउनका कारण तितरवितर भएका विद्यार्थीलाई बिना तयारी भदौमा परीक्षा लिने निर्णय गर्दा परीक्षामा सामेल हुन समस्या हुने भएकाले विरोधमा उत्रिएको बताए । उनले स्थानीय तह, हिसान लगायतका संघसस्थामार्फत पनि विना सावधानी भदौमा परीक्षा लिने सरकारी निर्णय सच्चाउन माग गरेको जनाए ।

अमृता अनमोलले कान्तिपुरमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्