काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१-०८२ को शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । वार्षिक कार्यतालिका अनुसार आगामी पुसमा माध्यमिक तहको शिक्षकका लागि विज्ञानपन आह्वान हुनेछ । त्यस्तै निम्न माध्यमिक तहका लागि फागुनमा र प्राथमिक तहका लागि आगामी वैशाखमा विज्ञापन आह्वान गर्ने कार्यतालिका छ ।
पुसमा खुल्ने माध्यमिक तहको विज्ञापनमा फागुन र वैशाखमा परीक्षा सञ्चालन हुनेछ भने फागुन र जेठमै नतिजा समेत प्रकाशित हुनेछ ।त्यस्तै निम्न माध्यमिक तहको हकमा वैशाख र असारमा परीक्षा हुनेछ । त्यस्तै प्राथमिक तहको हकमा जेठ र असारमा परीक्षा सञ्चालन हुनेछ भने असारमा नतिजा प्रकाशन हुनेछ ।
अध्यापन अनुमतिपत्र अन्तर्गत माध्यमिक तहको लागि आगामी साउनमा विज्ञापन आह्वान हुनेछ भने असोजमा परीक्षा हुनेछ ।त्यस्तै निम्न माध्यमिक तहको हकमा भदौमा विज्ञानपन आह्वान हुनेछ भने कात्तिकमा परीक्षा सञ्चालन गर्नेगरी आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।