भक्तपुर । शिक्षक सेवा आयोगले प्राथमिक तहको अध्यापन अनुमती पत्र(शिक्षक लाइसेन्स) को नतिजा प्रकाशित गरेको छ ।
कोभिड–१९ का कारण बिचमा रोकिएको नतिजा प्रकाशन आयोगले पुन सुचारु गरेको छ ।

बुधवार आयोगले प्राथमिक तहको प्रदेशगत हिसावमा प्रकाशन शुरु गरेको हो । बुधवार आयोगले गण्डकी प्रदेशको नतिजा प्रकाशन गरेको छ ।

नतिजा अनुसार गण्डकी प्रदेशबाट परीक्षामा सहभागी ७ हजार १३२ मध्ये ५२१ जना उत्तीर्ण भएका छन् । यस्तै, ३९३ जनाको उत्तरपुस्तिका रद्द गरिएको छ ।

प्रतिकृया दिनुहोस्