काठमाडौँ । शिक्षक सेवा आयोगले १ हजार १ सय १७ जना स्थायी शिक्षकका लागि विज्ञापन गरेको छ । आयोगले खुला प्रतियोगितामार्फत निम्न माध्यामिक तह तृतीय श्रेणीमा रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

सामुदायिक विद्यालयमा २०६३/०१/१० देखि रिक्त रहेको शिक्षक दरवन्दीमा स्थायी पदपुर्तिका लागि विज्ञापन गरिएको आयोगले जनाएको छ । आयोगले यस विज्ञापनमा गतवर्ष सिफारिस हुन नसकेको पदसंख्या समेत समावेश गरिएको जनाएको छ ।

आयोगले पाँच वटै विकास क्षेत्रमा नेपाली विषयका लागि १६२, अंग्रेजी विषयका लागि ३२६, गणित विषयका लागि १४२, विज्ञान विषयका लागि १५३, सामाजिक विषयका लागि १७२, गणित विज्ञान विषयका लागि १५५, संस्कृत व्याकरण विषयका लागि ४, संस्कृत भाषा विषयका लागि १ र कम्प्युटर विज्ञान विषयका लागि २ जना शिक्षक पदपूर्तिका लागि लागि दरखास्त आह्वान गरेको हो ।

भदौ ११ गते बिहान ८ बजे हुने परीक्षाका लागि असार १२ गतेसम्म दरखास्त दिन सकिने तथा परीक्षा केन्द्र सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालयहरूले तोक्ने आयोगले जनाएको छ ।

२०७३ जेष्ठ १० गते

प्रतिकृया दिनुहोस्