पुनर्योगको नतिजापछि विश्वनिकेतन माविबाट ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या बढ्यो

४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँच पुग्यो

Avatar photo

Byएजुकेशन पाटी

९ श्रावण २०८१, बुधबार

काठमाडौँ । विश्व निकेतन माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या बढेको छ । यसअद्धि ४ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा त्यो बढेर पाँच जना पुगेको हो ।

यसअघि ३.९५ जिपिए ल्याएका विभव ढकालको नतिजा पुनर्योग गराएपछि ४ जीपीए आएको प्रधानाध्यापक हेरम्बराज कँडेलले जानकारी दिए । कँडेलका अनुसार ढकालको नतिजा सुरुमा ३.९५ जीपीए देखाइएकोमा पुनर्योग पछि ४ जीपीए आएको हो ।

यो सँगै एसईई परीक्षामा विश्वनिकेतनबाट स्वस्तिक अधिकारी, अन्जु भुषाल, आकृति महासेठ, एन्जन थापा मगर र विभव ढकाल गरी ५ जनाले ४ जिपिए प्राप्त गरेका छन् । विश्वनिकेतन नेपालभरीका सामुदायिक विद्यालय मध्येबाट सबै भन्दा धेरै ४ जिपिए ल्याउने विद्यालयसमेत हो ।

 

प्रतिकृया दिनुहोस्