काठमाडौं। जीवन विकास समाजले पहिलोपटक प्रदान गरेको दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ अन्तर्गतका पत्रकारिता तर्फको पुरस्कारबाट आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देल र नागरिक दैनिककी पत्रकार रुबी रौनियार सम्मानित भएका छन् ।

समाजले शुक्रबार शितल निवासमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारद्वयलाई ५० हजार नगद र प्रमाणपत्रबाट सम्मान गरेकी हुन्।

दिगो विकास लक्ष्य ४, समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा सबैका लागि जीवन पर्यन्त शिक्षाको प्रवर्द्धन गर्न उल्लेखनीय योगदान गरे वापत जीवन विकास समाजले पत्रकारद्वयलाई सम्मान गरेको हो।

सिग्देलले विगत दुई दशक र रौनियारले डेढ दशकदेखि शिक्षा क्षेत्रमा कलम चलाउँदै आएका छन् । सिग्देल शिक्षा पत्रकार समूहका पूर्वअध्यक्षसमेत हुन् ।

प्रतिकृया दिनुहोस्