शृजना घर्ती

केहि मुक्तकहरू

 

१.

रिस राग घमण्ड मनैबाट झिक्यौं भने हामी ।

सत् मार्ग सत् विचारतर्फ हिड्यौं भने हामी ।

 

यो देश भोली बल्ल मेरो देश जस्तै बन्छ ,

कलिला मस्तिष्कलाइ चिन्यौ भने हामी ।

 

२.

बालबालिकासँग घुलमिल हुनुपर्छ ।

हामी सधैं सधैं सहनशील हुनुपर्छ ।

 

सबै बच्चा एकैनाशका कहाँ हुन्छन् र ?

बच्चाको भावना बुझ्न उस्तै दिल हुनु पर्छ ।

 

३.

पौरखी नेपालीको छाती विशाल हुनुपर्छ ।

तराइ , पहाड मनैभरि हिमाल हुनुपर्छ ।

 

ए ! मान्छे तिम्रो भन्दा माटोको माया गर ,

हामी रहन थाहा छ ? पहिले नेपाल हुनुपर्छ ।

 

४.

ए साथी आकाशका ताराहरू पनि गन्न सक्नुपर्छ ।

सहिलाइ सहि गलतलाइ गलत भन्न सक्नुपर्छ ।

 

यहाँ खाली अरुकै गल्ती खोजेर बस्छन् मान्छेहरू ,

अरूले जे सुकै गरोस् आफू कर्तव्यनिष्ठ बन्न सक्नुपर्छ ।

 

श्री प्रगति आधारभूत विद्यालय

गनपा -७ , बागलुड

प्रतिकृया दिनुहोस्