काठमाडौं । शिवपुरी मावि महाराजगञ्जले खाद्यान्न अभाव भोगेका विद्यार्थी र अभिभावकहरुलाई राहत वितरण गर्ने भएको छ । विद्यालयले आफ्नै कोष, दाता र भूपू विद्यार्थीहरुको सहयोगमा आपत् विपत्मा परेका अभिभावकहरुलाई खाद्यान्न वितरण गर्ने भएको हो ।

कोरोना भाइरस(कोभिड–१९)को त्रासले मुलुक लामो समय लकडाउनमा रहेकाले खाद्यन्न अभाव भोगेका अभिभावक र अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयले राहत वितरण गर्न खोजेको प्रधानाध्यापक दिवाकर दूरदर्शीले जानकारी दिए ।

विद्यालयले सामाजिक सञ्जाल र टेलिफोन मार्फत् खाद्यान्न अभाव भोगिरहेका अभिभावक र विद्यार्थीको विवरण संकलन गरिरहेकोसमेत प्रअ दूरदर्शीले जानकारी दिए ।

‘शुरुमा विद्यालयकै रकम, दाता र भूपु विद्यार्थीहरुको सहयोगमा खाद्यान्न वितरण गर्छौं’–प्रअ दूरदर्शीले भने, ‘संख्या बढ्दै गए शिक्षकहरुबाट सहयोग संकलन र अन्य दाताहरु गुहार्ने योजना छ ।’

विद्यालयलाई दुख पर्दा सहयोग गर्ने अभिभावकहरुलाई आज दुख परिरहँदा विद्यालयले पनि सहयोग गर्नुपर्छ भनेर राहतको कार्यक्रम ल्याएर प्रअ दूरदर्शीले जानकारी दिए ।

२०७७ बैशाख २ गते १३:०९मा प्रकाशित

प्रतिकृया दिनुहोस्