काठमाडौं। निरन्तर सिकाइ सुधारमा केन्द्रीत रहँदै आएको तारकेश्वर–१, साङ्लास्थित साङ्ला बालकुमारी माविको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा निर्वाचित भएका छन् ।

थापाको अध्यक्षतामा नयाँ ९ सदस्यीय विव्यस सर्वसम्मत निर्वाचित भएको हो । विव्यसको सदस्यहरुमा स्वस्थानी पराजुली अधिकारी, लक्ष्मी नारायण खड्गी, सुरेस केसी, उषा कुँवर, यादव प्रसाद फुयाल, विदुर सापकोटा र लक्ष्मण तिमल्सिना रहेका छन् ।

लामो समयदेखि समाजसेवामा क्रियाशील थापा सञ्चारकर्मी समेत हुन् । उनी यसअघि पनि विद्यालयको सुधारमा दिनरात खटिँदै आएका थिए । भौतिक सुधारको चरण पार गरेर शैक्षिक सुधारमा केन्द्रीत विद्यालयको सिकाइस्तर सुधार्ने जिम्म अभिभावकहरुले सर्वसम्मत रुपमा थापाको काँधमा सुम्पिएका हुन् ।

अध्यक्षमा निर्वाचित हुन साथ थापाले आफूले बोलीमा भन्दा काममा विश्वास गर्ने भन्दै अभिभावकले दिएको जिम्मा पुरा गरेरै छाड्ने उद्घोष गरे । विद्यालयमा प्रविधियुक्त, सीप र जीवनोपयोगी शिक्षण सिकाइको वातावरण बनाएरै छाड्ने ठोकुवा गर्दै अध्यक्ष थापाले शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला सबैको साथ लिएर विद्यालयलाई नमूनाको पनि नमूना बनाएरै छाड्ने जिकिर गरे ।

‘सबैको साथ र सहयोग रहे मेरै कार्यकालमा राम्रो विद्यालय हेर्न साङ्ला बालकुमारी मावि जाऔं भन्ने बनाएरै छाड्नेछु’ । अध्यक्ष थापाले भने ।

यस्तै, प्रधानाध्यापक डा. टिकाराम भट्टले विद्यालयको सम्पूर्ण ध्यान सिकाइ सुधारमा केन्द्रीत रहेको भन्दै युवा विव्यस अध्यक्षको साथले विद्यालयको लक्ष्य पुरा हुने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्