काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अस्थायी शिक्षकले पाउने सेवा सुविधा लिन छुट भएका शिक्षकहरुका लागि निवेदन पेश गर्ने समय थपेको छ ।

केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखाको शिक्षक व्यवस्थापन समन्वय शाखाले सेवाग्राहीको समस्या र मागलाई ध्यानमा राखेर अस्थायी शिक्षकले पाउने सेवा सुविधाको लागि निवेदन पेस गर्ने अवधिको म्याद माघ मसान्तसम्म थप गरिएको जनाएको हो ।

शाखाले पुस १६ गते सूचना प्रकाशित गर्दै माघ १६ गतेसम्म आवेदन दिन सूचित गरेको थियो । अस्थायी शिक्षकलाई सुविधा लिनका लागि राष्ट्रिय किताबखाना (शिक्षक) को नियमानुसार अन्तिम पटक म्याद थप गरिएको शाखा अधिकृत रामबहादुर अधिकारीले जानकारी दिए । उनले सुविधाका लागि समयभित्रै आवेदन दिन पनि अनुरोध गरेका हुन् ।

प्रतिकृया दिनुहोस्