काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहगत शिक्षक दरबन्दी र राहत अनुदान कोटामा रहेका शिक्षकको संख्या मागेको छ।
केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पत्राचार गर्दै स्वीकृत शिक्षक दरबन्दी र राहत अनुदान कोटामा रहेका शिक्षकको संख्या वैशाख २५ गतेभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।शिक्षक दरबन्दी र राहत अनुदान कोटाको विवरण आद्यावधिक गर्नुपर्ने भएकाले विवरण पठाउन आग्रह गरिएको पत्रमा उल्लेख गरिएको छ।
शिक्षामन्त्री पदबाट राजीनामा दिनुअघि विद्या भट्टराईले शिक्षकहरूको सहमतिमा राहतलगायत अस्थायी प्रकृतिका शिक्षकको बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम सेवाबाट अवकास हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने गरी ७ बुँदे प्रस्ताव तयार पारेकी थिइन् । सो बमोजिम शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको विवरण माग गरेको हो।
प्रतिकृया दिनुहोस्