काठमाडौँ। तेस्रो रिलायन्स खुला निबन्ध प्रतियोगितामा ओखलढुंगा स्थित लालीगुराँस स्कुलका रोशन थापाको निबन्ध उत्कृष्ट भएको छ । सरस्वतीनगर चाबहिल स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले आयोजना गरेको प्रतियोगितामा थापाको निबन्ध प्रथम भएको हो । उनले नगद पन्ध्र हजार सहित रिलायन्समै कक्षा ११ पढ्नका लागि भर्ना र ट्युसन शुल्क मा शत प्रतिशत छात्रवृत्ति प्राप्त गरे ।

त्यस्तै पुष्पलाल मेमोरियल सेकेण्डरी स्कुल कपनका संगम कार्कीले दोस्रो स्थान हासिल गर्दै नगद दश हजारसहित कक्षा ११ पढ्नका लागि निःशुल्क भर्ना र ९ महिनाको ट्युसन शुल्क छुट पाएकी छिन् । त्यस्तै तेस्रो भएकी गोकर्ण काठमाडौँ स्थित स्वर्ण शिक्षा स्कुलकी अनिशा श्रेष्ठले नगद ६ हजार सहित कक्षा ११ पढ्नका लागि निःशुल्क भर्ना र ६ महिनाको ट्युसन शुल्क छुट पाएकी छिन्।

यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्ने विभिन्न विद्यालयका १० जना विद्यार्थीहरूले नगद २५ सयसहित कक्षा ११ को भर्नामा ५० प्रतिशत र दुई महिनाको ट्युसन शुल्क छुट पाए । सान्त्वना पुरस्कार पाउनेहरूमा मिङ्मा शेर्पा, सम्पूर्ण भुजेल, समीर खरेल, सुदिन कैनी, कृषा लामा, आरजु अर्याल, सुजिता घले, सरु आर्यन, प्रसना तामाङ र अपेक्षा भण्डारी रहेका छन् ।

देशभरबाट माध्यमिक शिक्षा परीक्षा एसईई दिएर बसेका विद्यार्थीहरू सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गरिएको थियो । जसमा जेठ १ गते देखि असार ५ गते सम्म “सामाजिक सञ्जाल : संस्कृति र विकृति” शीर्षकमा ३७७ जना विद्यार्थीले निबन्ध लेखेर इमेलमा पठाएका थिए ।

प्रतिकृया दिनुहोस्