काठमाडौं । शिक्षा पत्रकार समूहले समसामयिक शैक्षिक सवालको गहन रिपोर्टिङ गर्न पत्रकारहरुका लागि सोमवार अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरणमा सातै प्रदेशका ८० जना पत्रकार सहभागी भएका थिए ।

शिक्षा पत्रकार समूहले सेभ द चिल्ड्रेन सँगको सहकार्यमा आव्हान गरेको लेखनवृत्तिमा सहभागी हुन इच्छुक पत्रकारका लागि सो अभिमुखीकरण आयोजना गरिएको समूहले जनाएको छ ।

कोभिड–१९ को महामारीले शैक्षिक क्षेत्र प्रभावित भईरहेका बेला पनि भए गरिएका असल अभ्यासहरुको उत्खनन् गर्ने र समसामयिक शैक्षिक मुद्दालाई उजागर गर्ने गहन रिपोर्टिङका लागि लेखनवृत्ति आव्हान गरिएको थियो ।

सोमवारको अनुशिक्षणमा शिक्षाविद् डा विद्यानाथ कोइराला र शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष सुदर्शन घिमिरेले समसामयिक शैक्षिक विषयवस्तु र त्यसको रिपोर्टिङका सम्भावनाबारे पत्रकारहरुलाई सहजीकरण गरेका थिए ।

गहन रिपोर्टिङका लागि प्रस्ताव आव्हान गरिएको र छनौट तथा सम्पादन टिम गठन गरेर प्राप्त प्रस्तावहरुमध्ये उत्कृष्ट १३ प्रस्तावहरुलाई जनही २५ हजारका दरले लेखनवृत्ति उपलब्ध गराइने समूहका अध्यक्ष तुलाअधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्