काठमाडौं । सरकारले शिक्षा सम्बन्धी पुरानै कार्यक्रम समेटेर आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हन् ।

भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा र स्वास्थ्यमा भएको लगानीले स्वस्थ, शिक्षित र सभ्य नागरिक उत्पादनमा योगदान पुर्याएको उल्लेख गरिन् । साथै, राष्ट्रपति भण्डारीले अहिलेसम्म प्राप्त उपलव्धीलाई संस्थागत गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था मिलाइने बताइन ।

प्रस्तुत छ नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धी बुँदाहरु

१. आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुनेछ ।

२. माध्यमिक तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क बनाइनेछ ।

३. माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई हस्तान्तरण गरिनेछ ।

४. लक्षित वर्गलाई शिक्षामा दिई आएको सुविधालाई थप व्यवस्थित गरी निरन्तरता दिइनेछ ।

५. गुणस्तरयुक्त शिक्षामा पहुँच पुर्याईउँन सामुदायिक विद्यालयलाई नमूनाको रुपमा सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

६. सीपयुक्त शिक्षाका लागि प्राविधिक तथा व्यावसायिक शिक्षालाई क्रमशः विस्तार गरिनेछ ।

७. उच्च शिक्षालाई सर्वसुलभ बनाउन प्रदेशगत रुपमा विश्वविद्यालय स्थापना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

८. खुला विश्वविद्यालयलाई सञ्चालनमा ल्याइनेछ ।

२०७४ जेष्ठ ११ गते ०८:३९मा प्रकाशित

प्रतिकृया दिनुहोस्