उठौं जागौं

उठौं जागौं जुर्मुराउँ,
चक डस्टर बोक्नेहरु हो,
झुपडीमा बत्ती बाली, भाग्य रेखा कोर्नेहरू हो !

पेशा रोज्ने हाम्रो अधिकार, रोज्यौं गर्यौं सेवा हामीले ।
देश बनाउने इटा थप्यौं, ज्ञान बुद्धि विवेकले ।।
हामी रह्यौं सधैँ काँचो, हाम्रो बुद्धि भयो पाको ।
भविष्यमा केही छैन, बुझौं अब कुरा साँचो ।।

उठौँ जागौं जुर्मुराउँ,
चक डस्टर बोक्नेहरु हो,
झुपडीमा बत्ती बाली, अन्धकार तोड्नेहरू हो ।

देश बचाउने बीर बहादुर , न्याय दिने न्याय गर्ने ।
निजामती हाम्रा उपज हुन् , कानुन सबै बनाई ल्याउने।
हामी पनि देशका बासिन्दा , उठौं अब धक खोली ।
एक पटक फेरि लडौं फेरी , दुख नहोस् है भोलि।।

उठौं –––––
–––––

सेवा गर्यौं लामो समय, दश पन्ध्र बिस वर्ष ।
हाम्रो माग हकपूर्ण, कोही पनि देखी नतर्स ।।
जाँच दियौं पास गर्यौं, काम दियौं त्यो गर्यौँ ।
जिन्दगीभर राहत राखी, भन सरकार के गर्यौ ।।

प्रतिकृया दिनुहोस्