काठमाडौं। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा अञ्जनीकुमार झा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् बैठकले झालाई नियुक्ति गरेको जानकारी दिइन् ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् । समितिले उनलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो । त्यस्तै दोस्रो नम्बरमा डा प्रवीण मिश्र र तेस्रो नम्बरमा हालका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीलाई सिफारिस गरेको थियो ।

उपाध्यक्ष गिरीको ४ वर्षेकाल भदौ २६ गतेबाट पूरा हुँदैछ ।

प्रतिकृया दिनुहोस्