काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

बोर्डले एसइइको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ । त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएकासमेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ ।

२०७६ पुस १ गते ११:४९मा प्रकाशित

प्रतिकृया दिनुहोस्