काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जाने विद्यार्थीहरुको सिकाइ निरन्तरता तथा शैक्षिक क्षति हुन नदिन अन्तिम गृहकार्य भइरहेको बताएका छन् ।

संसदमा मन्त्रालयगत बजेट छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले परीक्षाका सन्दर्भमा विद्यार्थी र अभिभावकमा रहेको अन्योलता अब धेरै दिन नरहने उनले प्रतिबद्धता जनाए ।

परीक्षाका सन्दर्भमा विद्यार्थ र अभिभावकमा रहेका अन्योलता अब धेरै दिन नरहने विश्वास दिलाउन चाहन्छु– मन्त्री पोखरेलले भने ।

महामारीका कारण सबैतिर बजेट घटेपनि शिक्षामा थोरै भएपनि बजेट बढेको भन्दै उनले यसलाई सकारात्मक रुपमा लिँदै आगामी दिनमा अझै बजेट बढाउन पहल गर्नुपर्ने बताए ।

गतवर्ष शिक्षा वजेटको कार्यान्वयनको सन्दर्भमा ६० प्रतिशत प्रदेश र स्थानीय तहमा गएकामा यो वर्ष बढेर झण्डै ६७ प्रतिशत बजेट स्थानीय र प्रदेश तहमा गएको उनको भनाइ थियो ।

प्राविधिक शिक्षालयहरुको व्यापक विस्तारमा सरकार केन्द्रित रहेका भन्दै मनत्री पोखरेलले विगत १० वर्षमा जति सरकारी प्राविधिक शिषालय विकास भए पछिल्लो दुई वर्षमा त्यति नै विस्तार भएका स्पष्ट पारे ।

खुला विश्वविद्यालय र विशिष्टकृत विद्यालयको विकास र विस्तार हुँदै गएको अवस्था सुनाउँदै उनले जडिबुटी, बुद्धिज्म, पर्यटन विषय लगायत थप गरी नेपाललाई शैक्षिक हब बनाउने दिशामा सरकार अगाडि बढेको दाबी गरे ।

शिक्षालाई कामसँग जाड्दै पढाइसँगै कामको अभियान प्रारम्भ गरिएको, ४ प्रतिशत रहेको विद्यालयस्तरीय प्राविधिक शिक्षा बजेट बढेर ६ प्रतिशत पुगेको तथा उच्च शिक्षामा विनियोजित १७ अर्ब बजेट मध्ये ३० प्रतिशत प्राविधिक उच्च शिक्षामा विनियोजित भएको मन्त्री पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्