काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले इसिडि सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक उनीहरुको अधिकार हो कि होइन भन्दै शिक्षामन्त्रीसँग प्रश्न गरेका छन् ।

व्यवस्थापिका संसदमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयगत बजेट छलफलमाथि उठेका प्रश्नको जवाफ दिएपछि जवाफमा चित्त नबुझाइ सांसद थापाले इसिडि सहजकर्ता, विद्यालय कर्मचारी र त्रिविका आंशिक प्रध्यापक भोकका कारण आत्मदाह गरे जिम्मा लिनु हुन्छ भन्दै शिक्षामन्त्री सँग प्रश्न गरे ।

‘शिक्षामा आमूल सुधारको मौकाबाट मन्त्रीज्यू चुक्नु भयो दुख व्यक्त गर्छु, बजेटको बारेमा वक्तव्य निकाल्नु पर्यो सहानुभूति व्यक्त गर्छु’– थापाले भने ।

सिकाइ निरन्तरताको लागि निर्देशिका आयो तर वजेट खोई ? भन्दै उनले रेडियो र टिभि नपुग्ने ठाउँमा के गर्नुहुन्छ र बजेट बिनै पढ्दै गर भन्दा गरिव विद्यार्थीको सिकाइको जिम्मा शिक्षा मन्त्रालयले लिनु पर्छकी पर्दैन भन्दै प्रश्न गरे ।

शिक्षक व्यवस्थापनको दिगो काम गर्न आलटाल तर शिक्षण स्वयंसेवकमा यत्रो रुची किन  मन्त्रीज्यू ? प्रश्न गर्दै थापाल विदेशबाट आयात हुने किताबमा कर नलगाउन आग्रह गरे ।

चलिलरहेको विश्वविद्यालयलाई मृत्यु शैयामा पुर्याएर मात्रै शान्तिको श्वास फर्ने हो ? प्रश्न गर्दै थापाले सिकाइको संकटलाई सम्बोधन गर्नका निम्ति सरकारसँग भाषण र नारा बाहेक ठोस कार्यक्रम केही नभएको भन्दै आलोचना गरे ।

‘एसईई खारेज किन नगर्ने ?’ उनले शिक्षामन्त्रीसँग प्रश्न गरे ।

प्रतिकृया दिनुहोस्