भक्तपुर । पाठ्यक्रम विकास केन्द्रले नयाँ शैक्षिक सत्रका लागि छपिएका पाठ्पुस्तकको मूल्य निर्धारण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष २०७७ का लागि स्वीकृत गरेको नयाँ पाठ्यपुस्तकको मुल्य निर्धारण गरिएको हो ।

केन्द्रले छपाइ स्पेसिफिकेसनअनुसार छपाइ भई शैक्षिक वर्ष २०७७ मा लागुहुने कक्षा १ देखि ८ सम्मका चार रङका पाठयस्पुस्तक र कक्षा ९ र १० का पाठ्यपुस्तक (संस्कृत धारसमेत) को पाठ्यपुस्तकको मूल्य निर्धारण गरेको हो ।

यसैगरी कक्षा ६ देखि १० सम्मका अन्य विषय, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तका हकमा प्रति पेज ०. ३६ का दरले हुन आउने रकम (प्रिलिम्ससहित) पाठ्यपुस्तकको कभर र प्रिल्मिस पेजमा उल्लेख गरी छापिने जनाइएको छ ।

शैक्षिक वर्ष २०७७ का लागि विद्यालय तहका पाठ्यपुस्तकको छपाइ स्पेसिफिकेसन परिवर्तन भएअनुसार नयाँ मूल्य कायम गरिएको हो । यदि गत वर्ष छपाइ भएका कक्षा २ देखि १० सम्मका पाठ्यपुस्तक मौज्दात रही बिव्रmी वितरण गर्न स्वीकृत लिएमा गत वर्षकै मूल्य कायम हुने केन्द्रले स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस्