काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिकामा एसईई आउँदो चैत ७ गतेदेखि सञ्चालन हुने उल्लेख छ ।

फागुन मासान्तभित्र विद्यार्थीको आन्तरिक र प्रयोगात्मक अंक शिक्षा विकास तथा समन्वय इकाइमा पठाइसक्नुपर्ने तालिकामा उल्लेख छ ।

एसईईको नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशन गरिने तथा पूरक परीक्षा साउन १९ र २० गते हुने बोर्डले जनाएको छ ।

यस्तो छ तालिका

 

p

 

प्रतिकृया दिनुहोस्