मुगु ।नेपाल–चीन सीमास्थित मुगमकार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालयमा ६ महिनापछि पठनपाठन सुरु भएको छ । गाउँ कार्यपालिका बैठकले विद्यालय खुलाउने निर्णय गरेपछि मुगु, डोल्फू, चितैलगायत गाउँका विद्यालयमा पढाइ सञ्‍चालन भएको हो ।

मुगुमा कोरोना संक्रमण नदेखिएको भन्दै विद्यालय खोल्ने निर्णय गरिएको हो । कोरोना महामारीको डरले बन्द भएका विद्यालय झण्डै ६ महिनापछि खुलेको मुगुगाउँका शिक्षक पासाङ तामाङले बताए । उनका अनुसार चितै र डोल्फूका सबै प्राथमिक विद्यालय खुला गरिएको छ ।

‘अत्यधिक चिसो क्षेत्र भएकाले पुसदेखि फागुन १५ सम्म जाडो बिदा गर्नुपर्छ,’ उनले भने, ‘कोरोनाका कारण यस वर्ष मुस्किलले ४ महिना पढाइ हुने देखियो ।’एक आवासीयसहित १८ वटा विद्यालयमा पठनपाठन थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवास रावलले बताए ।

छायानाथरारा नगरपालिकाले पनि असोज १४ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको छ । कोरोना कहरकै कारण शैक्षिक सत्र खेर जाने भएपछि विद्यालय खोल्ने निर्णय गरिएको नगरप्रमुख हरिजंग शाहीले बताए ।

राजबहादुर शाहीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्