काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएका शिक्षक विरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्री जय नेपाल आधारभूत विद्यालय प्रावि धरमपानी, तनहुँका शिक्षक पुष्पा गुरुङ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गुरुङको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली एवं झुठ्ठा भएकोले छानविन गरी पाउँ भन्ने उजुरी परेपछि अपख्तयारले गुरुङको प्रमाणपत्रको अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धान हुँदा गुरुङले विहार विद्यालय परीक्षा समिति, पटनाबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली एवं झुठ्ठा शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी शिक्षक पदमा नियुक्ति भई हालसम्म कार्यरत रही सरकारी लाभ तथा सुविधा लिइरहेको पुष्टि हुन आएको अख्तियारको दावी छ ।
अख्तियारले गुरुङ विरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर मानी कार्बाहीका लागि मुद्दा दायर गरेको हो ।

शिक्षक गुरुङलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्यिारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्