सिमकोट । उत्तरी हुम्लाका आठ विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई कक्षाकोठामा नै पुगेर मास्क वितरण गरिएको छ । उनीहरुलाई जनही दुईवटाका दुरले मास्क वितरण गरिएको हो । विद्यालयमा पठन–पाठन सुरु भएपनि विद्यार्थीको मुखमा मास्क प्रयोग गरेको नपाएपछि एक गैरसरकारी निकायको सहयोगमा विद्यालय–विद्यालयमा पुगेर मास्क वितरण गरिएको हो ।

हाल अध्ययन भई रहेको जिल्लाको उत्तरी क्षेत्रको सिमकोट र नाम्खा गाउँपालिका आठ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई एघार सय मास्क वितरण गरिएको आधार विकास हुम्लाका शिक्षा अधिकृत कन्जोक लामाले बताए । नाम्खा गाउँपालिकाका सबै विद्यालयमा हाल पढाइ भईरहेको छ । मास्क पाएपछि विद्यार्थीलाई पठन–पाठनमा सहज भएको छ ।

यद्यपि सिमकोट गाउँपालिका विद्यालयमा पछिल्लो पटक विद्यालयमा पठन–पाठन बन्द भएपनि समुदायमा बस्ने विद्यार्थीहरुले प्रयोग गर्ने भएको कारण ती विद्यार्थीलाई पनि मास्क दिइएको छ ।

कोरोना कहरबाट बच्न मास्क अनिवार्य गरिएको बेला नाम्खाका विद्यार्थीहरुले बिना मास्क पठनपाठन गरिरहेको पाइएपछि आपतकालीन रुपमा व्यवस्था गरेर वितरण गरिएको हो ।

एक जना विद्यार्थीलाई दुईथान मास्क दिइएको छ । धुन मिल्ने कटनको मास्क भएको कारण फेरी फेरी विद्यार्थीले प्रयोग गर्ने छन् । पढाइ भईरहेका विधालयहरुमा मास्क बाहेक अन्य कोरोना संक्रमण विरुद्धका सुरक्षामा उपायहरु भने अपनाइएको छैन ।

देशमा कोरोना कहर बढेपछि दुई देखि तीन हप्तासम्म पढाइ सुरु भएका सिमकोट गाउँपालिकाको विद्यालयहरु बन्द भएका थिए ।

प्रतिकृया दिनुहोस्