काठमाडौं । नेपाल शिक्षक महासंघ ललितपुरले संघ, प्रदेश र स्थानीयगरी तीनवटै सरकारका सबै कार्यक्रम बहिस्कार गरी काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई अपिल गरेको छ ।

महासंघका कार्यवाहक अध्यक्ष देवेन्द्र महर्जनले सोमबार एक विज्ञप्ति जारी गर्दै ललितपुर जिल्लाका शिक्षक कर्मचारीका पेशागत संघसंगठन एकजुट भई महासंघद्वारा घोषित निर्णायक संघर्षमा उत्रिन आह्वान गरेका हुन् ।

विज्ञप्तिमा शिक्षक महासंघ र सरकारबीच विगतमा भएका ३० बुँदे र ५१ बुँदे मागहरु सम्बोधन नहुँदासम्मअब शिक्षक÷कर्मचारीको आन्दोलन नोकिने पनि स्पष्ट पारिएको छ । साथै, महासंघले असोज ३ गतेदेखिको निर्णायक आन्दोलनले शिक्षक कर्मचारीको माग पूरा गराएरै छाड्ने उद्घोषसमेत गरेको छ ।

शिक्षण क्षेत्रमा लामो समयदेखि आफ्नो जीवन, जवानी व्यतित गर्दै आइहेका शिक्षक÷विद्यालय कर्मचारीका पेशागत सुनिश्चितता गर्नुका साटो थप अपमानित पेशाबाटै हात धुनु पर्ने गरी ल्याइएको शिक्षा विधेयकप्रति शिक्षक महासंघ ललितपुरले गम्भीर आपत्ती प्रकट गदै आन्दोलनको विकल्प नरहेको स्पष्ट पारेको छ ।

विज्ञप्तिमा ललितपु जिल्ला भरिका शिक्षक÷विद्यालय कर्मचारीहरुका न्यायिक जायज मागहरु पूरा गराउनका लागि आवश्यक पहल, एक्यवद्धता, पक्षीकण, सहयोग, समर्थन गरि दिनुहुन सवै राजनीतिक दल, सांसद, प्रधानाध्यापक, पत्रकार, अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षाविद सबैमा अपिल गरिएको छ ।

प्रतिकृया दिनुहोस्