भरतपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको महामारीको समयमा वैकल्पिक सिकाइ सहजीकरणको विकल्प नभएको बताउनुभएको छ । चितवनको कालिका एफ.एम.को १८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित वर्तमान अवस्थामा शिक्षाका चुनौती र समाधान विषयक भर्चुअल अन्तत्र्रिmया कार्यक्रममा प्रवक्ता शर्माले अहिलेको अवस्थाले विद्यार्थीमा शैक्षिक तनावसँगै मनोवैज्ञानिक असर पर्न थालेको धारणा राख्नुभयो ।

“कोरोनाको कहरले अहिले अभिभावकको आयआर्जनमा पनि असर छ । विद्यार्थीले नियमित पढ्न पाइरहेका छैनन्”, उहाँको भनाइ थियो, “यस्तो अवस्थामा विद्यार्थीमा शैक्षिक तथा मनोवैज्ञानिक असर पर्न थालेको छ । ”

कार्यक्रममा नेपाल शिक्षक महासङ्घका केन्द्रीय सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले अहिले शैक्षिक क्षेत्र अस्तब्यस्त भएकाले विद्यार्थीलाई शैक्षिकसत्र गुम्न नदिने गरी शिक्षण सिकाइ सुरु गर्नु पर्ने धारणा राख्नुभयो ।

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला, अविभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारी, निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याप्सन)का महासचिव कुमार घिमिरेलगायतले कोराना सङ्क्रमणको दृष्टिकोणले अति जोखिम, जोखिम र जोखिम नै नभएका जिल्ला छुट्याएर प्रत्यक्ष वा भर्चुअल शिक्षा दिन ढिलाइ गर्न नहुने बताउनुभयो ।

गोरखापत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्