काठमाडौं । आगामी जेठ १५ गते सरकारले ल्याउन लागेको बजेटमा इसिडि शिक्षक र विद्यालय कर्मचारीको बढाउने प्रबन्ध गर्न नेपाल शिक्षक सङ्घले माग गरेको छ । सङ्घले बजेटमार्फत् राहत, अस्थायी, साविक उ.मा.वि., विशेष शिक्षा र प्राविधिक धारका शिक्षकहरुको न्यायसंगत व्यवस्थापनको प्रवन्ध गर्न माग गरेको हो ।

शिक्षक आन्दोलन र सो आन्दोलनको जगमा गरिएका ३० बुँदे समझदारीहरुलाई इमानदारिता साथ सम्बोधन गर्न समेत सङ्घको माग छ ।

संघको संघीयकार्यसमितिको बैठकले सरकारसँग यस्तो माग गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेल र महासचिव सोमनाथ गिरीले बुधवार एक विज्ञप्ति जारी गर्दै संघीयसमितिले गरेका ६ बुंदे निर्णय सार्वजनिक गरेका हुन् ।

सङ्घले वषौंदेखि न्यूनतम तलवमानमा कार्यरत बाल कक्षा (इसिडि) का शिक्षकहरु तथा विद्यालय कर्मचारीहरुको तलव, सुविधा सहमतिअनुसार तत्काल उपलब्ध गराउन भनेको हो ।

साथै, सङ्को संघीय समितिले स्थायी शिक्षकहरुको असमान ग्रेड तथा तलब मिलान, खुला प्रतिस्पर्धाबाट निम्न माध्यमिक द्वितीय श्रेणीमा स्थायी भएका शिक्षकहरुको पदोन्नति एवं राहत, अस्थायी, साविक उ.मा.वि., विशेष शिक्षा र प्राविधिक धारका शिक्षकहरुको न्यायसंगत व्यवस्थापनको प्रवन्ध गर्न माग गर्ने निर्णय गरेको छ ।

साथै संघीय सरकार मातहत शिक्षक सेवा आयोगमार्फत नियुक्त शिक्षक कर्मचारीहरुको तलब सुविधा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइहरुमार्फत उपलब्ध गराउने प्रवन्ध मिलाउन सङ्घले जोडदार माग गरेको छ ।

२०७७ बैशाख १० गते १९:५२मा प्रकाशित

प्रतिकृया दिनुहोस्