काठमाडौं । उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला खोल्न आइतबार अन्तरिम आदेश दिएको छ । त्रिविमा भएका नियुक्तिप्रति असन्तुष्टि जनाउँदै प्रजातान्त्रि प्राध्यापक संघ, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक प्राध्यापक संघले उपकुलपति, सेवा आयोग, शिक्षाध्यक्ष, रजिष्ट्रारर मानविकी तथा सामाजिक शास्त्र संकायको कार्यालयमा ताला लगाएका छन् ।

तालावन्दीका कारण त्रिविको शैक्षिक, प्रशासनिक र आर्थिक गतिविधी प्रभावित भएको भन्दै त्रिविकै वन विज्ञान अध्ययन संस्थाका आर्थिक उप नियन्त्रक महेश्वरमान श्रेष्ठ र इन्जिनियरिङ अध्ययन संस्थानका शाखा अधिकृत गणेशलाल श्रेष्ठले रिट दायर गरेका थिए ।

अदालतका प्रवक्ता शम्भुकुमार रेग्मीले तालावन्दी खोलेर सम्पूर्ण क्रियाकलाप सुचारु गर्न अन्तरिम आदेश दिएको बताए । उनका अनुसार थप छलफलको लागि साउन २३ गते दुवै पक्षलाई अदालतमा बोलाउने निर्णय भएको छ ।

अन्नपूर्णपोष्टमा खबर  छ ।

प्रतिकृया दिनुहोस्