काठमाडौं। शिक्षापत्रकार प्रकृति अधिकारीद्धारा लेखिएको ‘राणाकालीन शिक्षा’ पुस्तक बुधबार सार्वजनिक भएको छ।अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो।

शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह सचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।

राणाकालको १०४ वर्षको अवधिमा झाङ्गिएको शिक्षाको विकासक्रमका बारेमा खोजमूलक तथा ऐतिहासिक सामग्रीसहितको यस पुस्तकमा राणाकालीन शैक्षिक लिखत, दस्तावेज आदि समावेश गरिएको अधिकारीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यस पुस्तकमा हालसम्म बाहिर नआएका तथ्य अगाडि ल्याइएका छन् र यसबाट नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुने लेखक अधिकारीको विश्वास छ। लेखक अधिकारी विगत २५ वर्षदेखि शिक्षा पत्रकारिता गर्दै आएका छन्। उनी इतिहासका पनि रुचिकार हुन्। यसअघि उनको ‘एसएलसीको इतिहास’ नामक पुस्तक २०७४ सालमा प्रकाशन भएको थियो।

प्रतिकृया दिनुहोस्