काठमाडौँ । नेपाली शिक्षा परिषद्ले लेबाल त्रिरत्न पुरस्कार शिक्षाविद् प्राडा विद्यानाथ कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष रमा शर्माको सभापतित्वमा शनिबार बसेको नेपाली शिक्षा परिषद् प्रबन्ध समितिको बैठकले सो निर्णय गरेको हो ।

पुरस्कार परिषद्को ७४ औँ वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे असीमको ११२ औँ जयन्तीका अवसरमा यही साउन ३२ गते प्रदान गरिनेछ । पुरस्कारको राशि १ लाख १ हजार १०१ रुपैयाँ रहेको छ ।

यो पुरस्कार कविशिरोमणि लेखनाथ पौड्याल, सिर्जनाका बहुआयामिक व्यक्तित्व बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित गरिएको हो ।

प्रतिकृया दिनुहोस्