सेनाद्वारा विद्यालय भवन निर्माण

Avatar photo

Byएजुकेशन पाटी

११ आश्विन २०७७, आईतवार

गोरखा । नेपाली सेनाले २५ लाखको लागतमा गोरखा नगरपालिका–८ मा विद्यालय भवन निर्माण गरेको छ ।

राष्ट्रिय भूपु सैनिक संघ, गोरखाबाट सञ्चालित नेपाल राष्ट्रिय भूपु सैनिक आवासीय विद्यालयको ४ कोठे भवन बनेको हो । नेपाली सेनाको सिग्र प्रभाव आयोजना अन्तरगत विनियोजित २५ लाख रकमबाट भवन निर्माण सम्पन्‍न गरिएको रणसिं दल गणका प्रमुख उज्जवल केसीले बताए ।

२०७६ पुसबाट निर्माण सुरु भएकोमा ९ महिनामा सम्पन्न गरिएको उनले बताए । नवनिर्मित भवनको आइतबार नेपाली सेनाको ३ नम्वर वाहिनीपति सहायक रथी सागरबहादुर थापाले उद्घाटन गरे ।

६ कक्षासम्म सञ्चालित उत्त विद्यालयमा दुई सय विद्यार्थी अध्ययन गर्दै आएका छन् । भवन उद्घाटन गर्दै सहायक रथी थापाले जीवन उपयोगी सार्वजनिक महत्वको कामले सैनिक नागरिक सम्बन्ध उचो बनाउने बताए ।

हरिराम उप्रेतीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्