काठमाडौँ । चैत २० गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेको नेपाल शिक्षक महासंघले आज चैत २६ गते मंगलबार टर्च बालेर प्रदर्शन गर्ने भएको छ ।
सामान्य दैनिकीमा मात्र हराएको सरकारलाई दिउँसै टर्च बालेर खोज्न प्रदर्शन गर्न लागिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।प्रदर्शन माइतीघर मण्डलाबाट ११ः०० बजेदेखि सुरु हुने सुवेदीले जानकारी दिए ।
हिजो सोमबार शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै कालो मास्क लगाएर मौन प्रदर्शन गरेका थिए । शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्म कालो मास्क लगाएर जुलुस निकालेका थिए । उनीहरूले काठमाडौंको माइतीघरदेखि कालो मास्क लगाएर मौन हुँदै सरकारको ध्यानाकर्षण गराएका हुन् । यसअघि शिक्षकहरू कहिले सडकमै सुतेर प्रदर्शन त कहिले सिटी फुकेर सडकबाट सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्