काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

जेठ १६, १७ र १८ गतेमध्ये कुनै एक दिनबाट परीक्षा सञ्चालन गर्ने प्रस्ताव बोर्ड बैठकमा लगिएकोमा १६ गते गर्ने निर्णय गरिएको हो ।परीक्षा नौ दिनसम्म सञ्चालन भई २५ गते सकिनेछ ।

बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् ।

1

 

 

प्रतिकृया दिनुहोस्