काठमाडौँ । सक्रिय शिक्षा पत्रकार कृष्णसिंह धामीमाथि दिनदहाडै सांघातिक आक्रमण भएको घटनाको शिक्षा पत्रकार समूहले भर्त्सना गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा पत्रकार समूहले रातोपाटीमा कार्यरत पत्रकार धामीमाथि भएको सांघातिक आक्रमणको घोर भर्त्सना गरेको हो ।

शिक्षा पत्रकार समूहका महासचिव रोशन क्षेत्री गाउँले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘शिक्षा पत्रकारमाथि भएको यो जघन्य घटनाको शिक्षा पत्रकार समूह खेद प्रकट गर्दछ । समाचार लेखेको कारण यसअघि पटक–पटक आक्रमणको धम्की खेपिरहेका धामीमाथिको आजको आक्रमणले राजधानीमै सञ्चारकर्मीहरु असुरक्षित रहेको भान हामीलाई भएको छ ।’

रातोपाटीको कार्यालयनजिकै पुल्चोकमा धामीमाथि सोमबार दिउँसो अज्ञात समूहले आक्रमण गरेको थियो ।

प्रतिकृया दिनुहोस्